September 19, 2024

एजेन्सी – स्पेनिस लालिगामा जितका बाबजुत क्याटलान क्लब बार्सिलोनालाई झड्का लागेको छ। लालिगा अन्तर्गतको खेलमा लास पाल्मास विरुद्ध १-० को जित निकालेपनि बार्सिलोनालाई झड्का लागेको हो।

शनिबार राति लालिगा अन्तर्गतको खेलमा लास पाल्मासको सामना गर्दा बार्सिलोनाका केहि खेलाडीहरुले पहेंलो कार्ड बेहोरेका थिए। पहेंलो कार्ड बेहोर्ने बार्सिलोना खेलाडीहरुमा रोबर्ट लेवान्डोस्की, जोआओ क्यान्सेलो, इल्के गुन्डोगन, सर्जी रोबर्टो र इनिगो मार्टिनेज थिए।

त्यसमध्ये तीन खेलाडीले आगामी खेलमा सहभागी हुन नपाउने भएका छन्। लास पाल्मास विरुद्धको खेलमा पहेंलो कार्ड पाएका मध्ये रोबर्ट लेवान्डोस्की, जोआओ क्यान्सेलो र इनिगो मार्टिनेजले आगामी खेल गुमाउनेछन्।

तीनै खेलाडीले यस सिजन पाँच पहेंलो कार्ड पाएका छन्। जस कारण अब तीनै खेलाडी माथि एक-एक खेलको प्रतिबन्ध लाग्नेछ। यस्तो हुँदा अब तीनै खेलाडीले क्याडिज विरुद्ध खेल्न पाउने छैनन्।

मार्टिनेजले यस सिजनमा १९ पटक मात्रै प्रतिस्पर्धा गरेका छन् भने अन्य दुई क्लबका प्रमुख खेलाडी हुन्। लेवान्डोस्कीले यस सिजन बार्सिलोनाका लागि ४० खेलमा २० गोल र ९ असिस्ट दिएका छन् भने क्यान्सेलोले ३३ खेलमा ४ गोल र चार असिस्ट प्रदान गरेका छन्।

बार्सिलोना अहिले लालिगाको दोस्रो स्थानमा छ। बार्सिलोनाले लालिगाका ३० खेलबाट ६७ अंक बनाएको छ। अहिले सम्म बार्साले २० खेलमा जित निकाल्दा ३ खेलमा हार बेहोरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *