September 19, 2024

एजेन्सी – प्रिमियर लिगको महत्वपूर्ण खेलमा आर्सनल र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्। शनिबार राति प्रिमियर लिगमा आर्सनल र सिटीले बराबरी खेलेका हुन्।

सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा भएको खेलमा कुनै टोलीले गोल गर्न सकेनन्। बलमा धेरै राम्रो नियन्त्रणका बाबजुत आक्रमणमा राम्रो गर्न नसक्द सिटी आर्सनलसँग एक अंक बाँड्न बाध्य भयो।

खेलभर बलमा सिटीले कुल ७३ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर सिटीको तर्फबाट कुल १२ प्रहार भएका थिए। जसमध्ये मात्रै एक प्रहार टार्गेटमा थियो।

त्यस्तै आर्सनलबाट खेलभर मात्रै ६ प्रहार भएका थिए। जस मध्ये २ प्रहार टार्गेटमा थिए। तर कुनै प्रहार गोलमा अभाने परिणत भएनन्। प्रिमियर लिगको प्रत्याशित खेलमा दुवै टोलीले सोचे जस्तो प्रदर्शन गर्न सकेनन्।

आर्सनल र सिटी बराबरीमा रोकिँदा लिभरपुलले भने आइतबार जित निकाल्यो। लिभरपुलले घरेलु मैदानमा ब्राइटनलाई २-१ को गोल अन्तरले पराजित गरेको हो।

डयानी वेलबेकले दोस्रो मिनेटमा नै ब्राईटनलाई अग्रता दिलाएका थिए। तर २७औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए। खेलको ६५ औं मिनेटमा सलाहले निर्णायक गोल गरे।

आइतबारका खेल पश्चात लिभरपुल प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ। लिभरपुल आर्सनल भन्दा २ अंक र सिटी भन्दा ३ अंकले अगाडी छ। प्रिमियर लिगमा लिभरपुलको ६७ अंक, आर्सनलको ६५ अंक र सिटीको ६४ अंक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *