September 19, 2024

एजेन्सी – आइतबार राति प्रिमियर लिगको महत्वपूर्ण खेलमा आर्सनल र म्यानचेस्टर सिटी आमने-सामने भए। प्रिमियर लिग उपाधि होडका लागि महत्वपूर्ण मानिएको खेलमा आर्सनल र सिटीले बराबरी खेल्दै एक-एक अंक बाँडे।

सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा भएको खेलमा कुनै टोलीले गोल गर्न सकेनन्। बलमा धेरै राम्रो नियन्त्रणका बाबजुत आक्रमणमा राम्रो गर्न नसक्द सिटी आर्सनलसँग एक अंक बाँड्न बाध्य भयो।

खेलभर बलमा सिटीले कुल ७३ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर सिटीको तर्फबाट कुल १२ प्रहार भएका थिए। जसमध्ये मात्रै एक प्रहार टार्गेटमा थियो।

आर्सनल विरुद्धको खेलमा गोल मेसिन एर्लिङ हालाण्ड पूर्णरुपमा फ्लप भए। आर्सनल विरुद्ध हालाण्डको प्रदर्शन निराशजनक रह्यो। गोल गर्ने त परको कुरा हालाण्डले राम्रोसँग बल समेत छुन पाएनन्।

आर्सनलका डिफेन्डरहरुले हालाण्डलाई पूरा नियन्त्रणमा राखे। ब्राजिलियन डिफेन्डर गेब्रियलले हालाण्डलाई खेलभर आक्रमणको कुनै अवसर नै दिएनन्।

आर्सनल विरुद्ध खासै चल्न नसकेपनि हालाण्ड प्रिमियर लिगका शिर्ष गोलकर्ता हुन्। हालाण्डले यस सिजन सिटीका लागि कुल १८ गोल गरिसकेका छन्। २४ खेलमा उनले ५ असिस्ट पनि दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *