September 20, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस महारथी रियल म्याड्रिडका एक टार्गेटलाई भित्र्याउन चाहन्छ।

युनाइटेडले रियलको नजरमा रहेका एक खेलाडीलाई भित्र्याउने योजना बनाएको विभिन्न खेल मिडियाहरुले जनाएका हुन्। खबरका अनुसार युनाइटेड त्यसका लागि उच्च रकम खर्च गर्न तयार छ।

मेसिन्हो भनेर चिनिने पाल्मेरास वन्डरकिड एस्टेभाओ विलियनका लागि युनाइटेड ९० मिलियन युरो सम्म खर्च गर्न तयार रहेको रिपोर्टहरु स्पेनबाट आइरहेका छन्।

१६ वर्षीय ब्राजिलियनले नोभेम्बर र डिसेम्बरमा इन्डोनेसियामा भएको फिफा यू–१७ विश्वकपमा विश्व मञ्चमा आफूलाई प्रमाणित गरेर देखाएका थिए। उनले पाँच खेलमा तीन गोल गर्दा तीन नै असिस्ट दिएका थिए।

त्यसबेलादेखि, उनले पाल्मिरासको पहिलो टोलीमा पनि प्रवेश गर्ने अवसर पाए। रियल म्याड्रिडले उनी माथि केहि समय देखि नजर बनाइरहेको छ। तर युनाइटेड रियल भन्दा अगाडी उनलाई भित्र्याउने योजनामा रहेको बताइएको छ।

म्यानचेस्टर युनाइटेडका प्रबन्धक एरिक टेन ह्याग समेतले विलियनलाई भित्र्याउन क्लबलाई आग्रह गरेको खेल मिडियाहरुले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *