September 20, 2024

एजेन्सी – आइतबार राति प्रिमियर लिगमा लिभरपुलले ब्राइटनको सामना गर्यो। घरेलु मैदानमा लिभरपुलले ब्राइटनको सामना गर्दै २-१ को महत्वपूर्ण जित निकाल्यो।

लिभरपुलको जितमा लुइस डियाज र मोहम्मद सलाहले एक-एक गोल गरे। सलाहले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्यो र सो गोलकै कारण लिभरपुल विजयी भयो।

सो गोल सलाहका लागि प्रिमियर लिगको जारी सिजनको १६ औं गोल थियो। त्यस्तै सलाहले यस सिजन ९ असिस्ट पनि दिएका छन्। यस सिजन सलाहले कुल २५ गोलका लागि योगदान दिएका छन्।

एकै सिजनमा सलाहले २५ वा २५ भन्दा बढी गोल योगदान दिएको यो सातौं पटक हो। यस भन्दा अगाडी सलाहले निरन्तर ६ सिजन २५ भन्दा बढी गोल योगदान दिएका थिए।

प्रिमियर लिगमा यस अगाडी मात्र दुई खेलाडीले लगातार सात सिजन २५ गोल योगदानको आकंडा पार गरेको रेकर्ड थियो। अब सलाह पनि ती दुई खेलाडीहरुको सूचीमा समावेश भएका छन्।

प्रिमियर लिगमा लगातार ७ सिजन २५ वा २५ भन्दा बढी गोल योगदान दिने खेलाडीहरुमा यस अगाडी आर्सनलका लिजेन्ड थियरी हेनरी र न्युक्यासल युनाइटेडका लिजेन्ड एलन शियरर थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *