September 20, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभीले क्लबका युवा खेलाडी लामाइन यामलको खुलेर प्रशंसा गरेका छन्। एक कुराकानीका क्रममा जाभीले यामलको खुलेर प्रशंसा गरेका हुन्।

हालसालै एक पत्रकार सम्मेलनका क्रममा जाभीले कम उमेरका बाबजुत यामल परिपक्व र जिम्मेवार खेलाडी रहेको बताए। जाभीका अनुसार यामल शान्त छन् र आफूलै निखार्न तयार छन्।

“म उनलाई धेरै शान्त देख्छु। युवा उमेरका बाबजुत सबै कुरा राम्ररी पचिरहेका छन्। अनुभव बटुलिरहेको कुरामा उनी सचेत छन्। उनी परिपक्क र जिम्मेवार देखिएका छन्।”,जाभीले भने।

जाभीले यामल युग-परिभाषित गर्न सक्ने खेलाडी रहेको पनि बताउन छुटाएनन्। यामल अहिले धेरै खुशी रहेको र आफ्नो फुटबलमा रमाइरहेको जाभीको भनाई छ।

जाभीले भने,”यामलसँग सबै ती कुराहरु छन्, जो युग-परिभाषित गर्न सक्ने खेलाडीमा हुनुपर्छ। उनी खुशी छन् र आफ्नो फुटबलमा रमाइरहेका छन्।”

मात्र १६ वर्षको उमेरमा यामलले निक्कै राम्रो प्रदर्शन गरिरहेका छन्। यामलले २०२३-२४ को अन्तिम चरणमा बार्सिलोनाका लागि महत्वपूर्ण भूमिका खेल्ने आशा राख्नेछ।

यामलले यो सिजन हालसम्म बार्सिलोनाका ३० ला लिगा खेलहरूमध्ये एउटा बाहेक सबै खेलेका छन्। सबै प्रतियोगिताहरूमा उनले ६ गोल गरेका छन् र ७ असिस्ट प्रदान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *