September 20, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो साउदी प्रो लिगको उत्कृष्ट मासिक खेलाडी बनेका छन्। मार्चा महिना भर गरेको उच्च प्रदर्शनका आधारमा रोनाल्डो मार्च महिनाको उत्कृष्ट लिग खेलाडी बनेका हुन्।

रोनाल्डोले अल नासरका लागि साउदी प्रो लिगमा मार्चमा कुल चार गोल गरे। जसमा एक ह्याट्रिक समेत समावेश छ। सो सानदार ह्याट्रिककै कारण रोनाल्डो मार्च महिनाको उत्कृष्ट खेलाडी घोषित भए।

रोनाल्डोले साउदी प्रो लिगमा मार्च महिनामा अल नासरका लागि तीन खेल खेलेका थिए। जसमध्ये दुई खेलमा उनले गोल गरे। एक खेलमा एक गोल गर्दा अर्को खेलमा उनले ह्याट्रिक गरेका थिए।

अल नासरले अल ताईमाथि ५–१ को जित निकाल्दा रोनाल्डोले ह्याट्रिक गोल गरेका थिए भने अल अहली साउदीमाथि १–० को जित निकाल्दा निर्णायक गोल गरेका थिए।

अल नासर गएदेखि रोनाल्डो निरन्तर उच्च लयमा छन्। रोनाल्डो यस सिजन साउदी प्रो लिगको गोल्डेन बुट जित्ने दौडमा पनि छन्। रोनाल्डोले अल नासरका लागि यस सिजन कुल २६ गोल गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *