September 20, 2024

एजेन्सी – बार्सिलोनाका स्टार पेड्रिले च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोना र म्यानचेस्टर सिटी आमने-सामने हुन सक्ने बताएका छन्। एक कुराकानीका कर्ममा पेड्रिले च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोना र सिटी आमने-सामने हुन सक्ने बताएका हुन्।

एक कुराकानीका क्रममा पेड्रिलाई च्याम्पियन्स लिगको फाइनल प्रिडिक्ट गर्न भनिएको थियो। जसक्रममा उनले बार्सिलोना र सिटी फाइनलमा आमने-सामने हुन सक्ने जवाफ दिए।

“बार्सा भर्सेस सिटी। यधपी बार्सा भर्सेस रियल म्याड्रिड पनि नराम्रो हुने छैन।”,रेसिडेन्सी पोडकास्टमा कुराकानी गर्नेक्रममा फाइनलमा को हुनेछ भनेर प्रश्न गरिँदा पेड्रिले भने।

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्सिलोनाले पेरिस सेन्ट जर्मेन(पिएसजी)को सामना गर्दैछ। पिएसजीलाई पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको खण्डमा बार्सिलोनाको सामना बोरुसिया डर्टमण्ड र एथ्लेटिको म्याड्रिड मध्ये एकसँग सामना हुनेछ।

त्यस्तै म्यानचेस्टर सिटी र रियल म्याड्रिड पनि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आमने-सामने हुनेछन्। यी दुई मध्ये एकले आर्सनल वा बायर्न म्युनिखको विजेताको सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *