September 20, 2024

एजेन्सी – साउदी प्रो लिग लिडर अल हिलालले अर्को सानदार जित दर्ता गरेको छ। सन् २०२३-२४ को सिजन सुरु भएयता निरन्तर उच्च प्रदर्शन गरिरहेको अल हिलालले मंगलबार राति सानदार जित निकालेको हो।

मंगलबार राति किङडम एरेनामा भएको खेलमा अल हिलालले अल अख्दौद माथि ३-० को जित निकाल्यो। बलमा राम्रो नियन्त्रण राख्दै अल हिलालले अल अख्दौद माथि सहज जित निकाल्न सकेको हो।

बलमा अल हिलालको कुल ७३ प्रतिशत नियन्त्रण थियो। खेलभर अल हिलालको तर्फबाट कुल १४ प्रहार भएका थिए। जसमध्ये ९ प्रहार टार्गेटमा थिए।

त्यस्तै अल अख्दौदको तर्फबाट १० प्रहार हुँदा २ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहार गोलमा अभाने परिणत हुन सकेन। अल हिलालको जितमा सालेह अलशेहरी, सलेम अल्दवसारी र माल्कोमले एक-एक गोल गरे।

खेलको १६ औ मिनेटमै अल हिलालले अग्रता लिएको थियो। त्यसबेला सालेह अलशेहरीले गोल गरेका थिए। त्यसपछि पहिलो हाफमा थप गोल नभएपनि दोस्रो हाफमा अल हिलालले दुई गोल थप्यो।

खेलको ६६ औं मिनेटमा माल्कोमले गोल गर्दा खेलको ७३ औं मिनेटमा अल्दवसारीले गोल गरेसंगै अल हिलालको ३-० को जित पक्का भयो। यस जितसंगै अल हिलालले शिर्ष स्थानमा आफ्नो कब्जा थप बजबूत बनाएको छ।

अल हिलालको ७४ अंक छ। अल हिलाल दोस्रो स्थानको अल नासर भन्दा १२ अंकले अगाडी रहेको छ। पराजित अल अख्दौद २५ अंक सहित लिगको १५ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *