September 20, 2024

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ। प्रिमियर लिग अन्तर्गत एस्टन भिल्ला विरुद्धको खेलमा सिटीले सानदार जित दर्ता गरेको हो।

सिटीको घरेलु मैदानमा भएको खेलमा सिटी ४-१ को गोल अन्तरले विजयी भयो। सिटीको जितमा रोड्रीले एक गोल गरे भने युवा खेलाडी फिल फोडेनले ह्याट्रिक गरे।

त्यस्तै पाहुना टोलीका लागि जोन डुरानले गरेको गोल सान्त्वना बन्यो। पहिलो हाफमा २-१ को अग्रता लिएको सिटीले दोस्रो हाफमा दुई गोल गरेको थियो।

खेलको ११ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई अग्रता दिलाए। उनले डोकुको पासमा गोल गरेका थिए। खेलको २० औं मिनेटमा भिल्लाले बराबरी गोल फर्कायो।

पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा फोडेनले गोल गर्दा सिटी २-१ ले अगाडी बढ्यो। खेलको ६२ औं र ६९ औं मिनेटमा फोडेनले गोल गर्दै ह्याट्रिक पूरा गर्दा सिटीले ४-१ को अग्रता पायो।

सिटीले भिल्ला विरुद्ध युवा स्टार एर्लिङ हालाण्डलाई मैदानमा उतारेन। उनी बेन्चमै सिमित रहे। भिल्ला विरुद्धको खेलमा फोडेन प्लेयर अफ द म्याच घोषित भए।

यस जितसंगै सिटीको ६७ अंक भएको छ। सिटी शिर्ष स्थानको आर्सनल भन्दा एक अंकले पछाडी छ। त्यस्तै एक खेल कम खेलेको लिभरपुल र सिटीको बराबरी अंक भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *