September 20, 2024

एजेन्सी – साउदी प्रो लिगको गोल्डेन बुट जित्ने दौडमा पोर्चुगिज क्रिस्टियानो रोनाल्डोले सानदार जम्प हानेका छन्। सन् २०२३-२४ को सिजन सुरु भएयता निरन्तर उच्च प्रदर्शन गर्दै आएका रोनाल्डोले गोल्डेन बुट दौडमा सानदार जम्प हानेका हुन्।

लगातार दुई खेलमा ह्याट्रिक गरेसंगै रोनाल्डोले गोल्डेन बुट दौडमा राम्रो अग्रता बनाएका छन्। रोनाल्डोले अल ताई र आभा विरुद्धको खेलमा ब्याक टु ब्याक ह्याट्रिक गरेका हुन्।

दुई ह्याट्रिक संगै साउदी प्रो लिगको जारी सिजनमा रोनाल्डोको गोलसंख्या २९ पुगेको छ। रोनाल्डोले यस सिजन अल नासरका लागि कुल २४ खेल खेलेका छन्।

साउदी प्रो लिगको सर्वाधिक गोलकर्ताको सूचीको शिर्ष स्थानमा रहेका रोनाल्डो दोस्रो स्थानमा खेलाडी भन्दा ७ गोलले अगाडी छन्। दोस्रो स्थानमा रहेका अल हिलालका अलेक्जान्डर मिट्रोभिचको २२ गोल छ।

उनले २२ खेलमा २२ गोल गरेका हुन्। यस दौडको तेस्रो स्थानमा अल इत्तिहादका अब्दरराजक हमदल्लाह छन्। उनले यस सिजन १८ गोल गरेका छन्। उनले २१ खेलमा १८ गोल गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *