एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ। फ्रेन्च कपको सेमिफाइनलमा रेनेसलाई पराजित गरेसंगै पिएसजी फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको हो।
पिएसजीले बुधबार राति घरेलु मैदानमा रेनेसलाई १-० को गोल अन्तरले पराजित गर्यो। पिएसजी हावी भएको खेलमा फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले निर्णायक गोल गरे।
खेलको ४० औं मिनेटमा एम्बाप्पेले गोल गरेका थिए। सो गोल उनले फेबियन रुइजको पासमा गरेका थिए। सो गोल अगाडी एम्बाप्पेले गोलले एक अवसर गुमाएका थिए।
पिएसजीले पेनाल्टी पाउँदा एम्बाप्पे पेनाल्टीमा चुके। तर त्यसको केहि मिनेट नबित्दै गोल मार्फत पेनाल्टी मिसको भरपाई गरे। खेलभर पिएसजीले बलमा धेरै राम्रो नियन्त्रण राखेको थियो।
बलमा पिएसजीको कुल ७० प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर पिएसजीको तर्फबाट कुल १० प्रहार भएका थिए। जस मध्ये ६ प्रहार टार्गेटमा थिए। तर गोलमा भने एक मात्र प्रहार परिणत भयो।
फ्रेन्च कपको अर्को सेमिफाइनलमा लियोन विजयी भयो। लियोनले भ्यालेन्सियनलाई ३-० को गोल अन्तरको जित निकालेको थियो। अब फाइनलमा पिएसजी र लियोन आमने-सामने हुनेछन्।