September 20, 2024

एजेन्सी – साउदी क्लब अल हिलाल सहज रुपमा साउदी प्रो लिग च्याम्पियन बन्ने लयमा देखिएको छ। सन् २०२३-२४ को सिजन सुरु भए देखि निरन्तर उच्च लयमा रहेको अल हिलाल सहज रुपमा लिग च्याम्पियन बन्ने बाटोमा देखिएको हो।

अल हिलालले शुक्रबार राति अर्को जित दर्ता गर्यो। हिलाल अल खलीज विरुद्धको खेलमा ४-१ को गोल अन्तरले विजयी भयो। अल खलीज विरुद्ध अल हिलालले बलमा राम्रो नियन्त्रण राख्दै सहज जित निकालन सफल भएको हो।

खेलभर बलमा कुल ६५ प्रतिशत नियन्त्रण राख्दा अल हिलालले २२ प्रहार गरेको थियो। जसमध्ये ७ प्रहार टार्गेटमा थिए। खेलको ७ औं मिनेटमै सालेह अलशेश्रीको गोलबाट लिग लिडरले अग्रता लिएको थियो।

त्यसको दुई मिनेटमै खलीजका लागि मोहमद शेरिफले गोल गर्दै खेललाई १-१ को अवस्थामा पुर्याए। खेलको ४२ औं मिनेटमा माल्कोमले गोल गर्दा अल हिलालले पुनः अग्रता पायो।

खेलको ४८ औं मिनेटमा माल्कोमले नै फेरी गोल गरे। इन्ज्युरी समयमा पनि अल हिलालले एक गोल थप्यो। इन्ज्युरी समयमा पेनाल्टीको अवसर पाउँदा अब्दुल्लाह अल हामदानले गोल गरे।

त्यस्तै शुक्रबार नै लिगको दोस्रो स्थानको अल नासरले पनि जित निकाल्यो। अल नासरले दमाकलाई १-० को गोल अन्तरले पराजित गर्यो। अल नासरका लागि एक मात्र गोल आयमेरिक लापोर्टेले गरेका थिए।

अहिले अल हिलाल २५ खेलमा २५ जित निकाल्दै साउदी लिगको शिर्ष स्थानमा छ। अल हिलालले अहिले सम्म कुनै पनि खेलमा पराजय भोगेको छैन। उता २७ खेलमा २१ जित निकालेको अल नासर दोस्रो स्थानमा छ। अल हिलालको ७७ अंक छ भने अल नासरको ६५ अंक छ।

दुवै टोलीले साउदी लिगमा ११-११ खेल खेल्न बाँकी छ। अल हिलालले यस लयलाई जारी राख्ने हो भने सहजै लिग उपाधि जित्ने पक्का छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *