एजेन्सी – युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले मंगलबार राति बायर्न म्युनिखको सामना गर्दैछ। आर्सनल विरुद्धको खेलमा बायर्नका केहि खेलाडी नहुने सम्भावना देखिएको छ।
बायर्नका प्रशिक्षक थोमस टुचेलले गनर्स विरुद्धको आगामी भिडन्तमा पाँच प्रमुख खेलाडीहरू सहभागी नहुन सक्ने बताए। बुन्डेसलिगाको खेल अगाडी टुचेलले पत्रकार सम्मेलनका क्रममा पाँच खेलाडी केहि समय उपलब्ध नहुन सक्ने बताएका हुन्।
पूर्व चेल्सी प्रबन्धकले खुलासा गरे कि म्यानुएल नेउर, किंग्सले कोमान, लेरोय साने, एलेक्स पाभलोभिक, र नोस माजराउईले शनिबारको खेल गुमाउनेछन् र आगामी यूईएफए च्याम्पियन्स लिग खेलको लागि पनि उपलब्ध नहुन सक्छन्।
“म्यानुअल नेउर, किंग्सले कोमन, लेरोय साने, एलेक्स पाभ्लोभिक (बिरामी), र नोउस माजराउई शनिबारको टोलीमा छैनन्। राफेल गुरेइरो टोलीमा फर्किएका छन् । समस्या यो हो कि सबै पाँच खेलाडी आरामका कारण बाहिर नभई सबैमा समस्या छ। त्यसैले उनीहरु आर्सनलका लागि पनि उपलब्ध हुनेमा शंका छ।”,टुचेलले भने।
बार्यन म्युनिख बुन्डेसलिगामा तालिकाको शीर्ष स्थानमा रहेको बायर लेभरकुसेनभन्दा १३ अंकले पछाडि छ भने सात खेल मात्र खेल्न बाँकी छ। बायर्न म्युनिख २७ खेलमा ६० अंकसहित बुन्डेसलिगाको दोस्रो स्थानमा छ ।