September 19, 2024

एजेन्सी – मेजर सकर लिगमा इन्टर मियामी बराबरीमा रोकिएको छ। अर्जेन्टिनी स्टार लियोनेल मेस्सी फर्किएको खेलमा मियामी आइतबार बिहान बराबरीमा रोकियो हो।

मियामीको चेज स्टेडियममा भएको खेलमा मियामीले कोलोराडोसँग २-२ को बराबरी खेल्यो। मियामीका लागि‌ मस्सी र लियोनार्दो अलफन्सोले एक-एक गोल गरे।

त्यस्तै पाहुना टोलीका लागि राफेल नाभारो र कोल बसेटले एक-एक गोल गरे। खेलमा भएका चार गोल मध्ये १ गोल पहिलो हाफमा र तीन गोल दोस्रो हाफमा भएका थिए।

बराबरीपछि‌ मियामी ८ खेलमा १२ अंकसहित इस्टर्न कन्फरेन्स तर्फ तेस्रो स्थानमा छ। त्यस्तै कोलोराडो भने वेस्टर्न कन्फरेन्स तर्फ ९ औं स्थानमा छ। कोलोराडोले ७ खेलबाट ९ अंक बनाएको छ।

मेस्सीको सानदार गोल

चोटका कारण मेस्सी केहि समय देखि मियामीबाट खेल्न सकिरहेका थिएनन्। उनले चोटका कारण मेजर सकर लिगका चार खेल गुमाएका थिए। तर फर्किएको खेलमा उनले सानदार गोल गरे।

दोस्रो हाफमा मैदान प्रवेश गरेका मेस्सीले खेलको ५७ औं मिनेटमा गोल गरेका थिए। मेस्सीले फ्रान्को नेग्रीको पासमा गोल गरेका थिए। नेग्रीले दिएको पासमा मेस्सीले गरेको सानदार प्रहार गोलमा परिणत भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *