September 20, 2024

एजेन्सी – साउदी सुपर कपको सेमिफाइनलमा आज राति अल हिलाल र अल नासर आमने-सामने हुँदैछन्। साउदी सुपर कपको फाइनलमा स्थान बनाउन अल नासर र अल हिलाल आज राति आमने-आमने हुन लागेका हुन्।

अल नासर र अल हिलाल दुवै आज जित्नै पर्ने दबाबमा हुनेछन्। अल हिलाल अहिले साउदी प्रो लिगको शिर्ष स्थानमा छ भने अल नासर दोस्रो स्थानमा छ।

अल हिलाल साउदी प्रो लिगको कुनै पनि खेलमा पराजित भएको छैन। अल नासर भन्दा अल हिलाल १२ अंकले अगाडी छ। यसको अर्थ साउदी प्रो लिग जित्न अल नासरलाई धेरै गार्हो छ।

उपाधि बिहिन नहुने हो भने अल नासरले आज जसरी पनि अल हिलाल माथि जित निकाल्नु पर्नेछ। अल नासर र अल हिलाल बीचको खेल मोहम्मद बिन जायद स्टेडियममा हुनेछ।

खेल नेपाली समय अनुसार रातको १ बजेर ४५ मिनेटमा सुरु हुनेछ। खेल भारतीय टेलिभिजन च्यानल सोनी टेन २ मा हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *