September 20, 2024

एजेन्सी – च्याम्पियन्स लिगको क्वाटरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले क्याटलान क्लब बार्सिलोनाको सामना गर्दैछ। क्वाटरफाइनलको पहिलो लेगको खेल पिएसजीको घरेलु मैदानमा बुधबार राति हुनेछ।

क्वाटरफाइनलको पहिलो लेग अगाडी पिएसजीका स्टार किलियन एम्बाप्पे आत्मविश्वासी देखिएका छन्। खेल अगाडीको पत्रकार सम्मेलनका क्रममा एम्बाप्पेले खेलमा सकेको सबै दिने बताए।

एम्बाप्पेले पत्रकार सम्मेलनका क्रममा आफू बार्सिलोना विरुद्धको खेलका लागि तयार रहेको बताउन छुटाएनन्। महान खेलाडीहरूको लागि समय आएको एम्बाप्पेको भनाई छ।

“बार्सा विरुद्धको टाई? महान खेलाडीहरूको लागि समय आएको छ र म यसको लागि तयार छु। सधैं जस्तै, म लुक्ने छैन।”,एम्बाप्पेले पत्रकार सम्मेलनका क्रममा भने।

एम्बाप्पेले हालको अवधि सिजनको एक टर्निङ प्वाइन्ट हुन सक्ने बताए। खेलमा आफूले सकेको दिने र नतिजा भने भगवानको हातमा हुने एम्बाप्पेको भनाई छ।

उनले भने,”प्रत्येक वर्ष, यो अवधि सिजनको एक टर्निङ प्वाइन्ट हो। अप्रिलको अन्त्यमा, हामीसँग कस्तो प्रकारको सिजन हुनेछ भन्ने संकेत मिल्नेछ। म पक्का छु कि हामीले सबै कुरा दिनेछौं, त्यसपछि नतिजा … भगवानको हातमा!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *