September 20, 2024

एजेन्सी – फ्रेन्च स्टार किलियन एम्बाप्पे सम्भवतः पेरिस सेन्ट जर्मेन(पिएसजी)मा आफ्नो अन्तिम सिजन बिताइरहेका छन्। पिएसजी छाड्ने निर्णय गरिसकेका उनी रियल आवद्ध हुने ढोका नजिक रहेको बताइन्छ।

तर पिएसजीका प्रशिक्षक लुइस एनरिक भने एम्बाप्पेले आफ्नो निर्णयमा परिवर्तन गर्नेमा आशावादी छन्। केहि समय अगाडी एक पत्रकार सम्मेलनका क्रममा उनले त्यस्तै संकेत गरेका थिए।

लुइस एनरिकका अनुसार पिएसजीले राम्रो सफलता हाँसिल गर्न सकेको खण्डमा एम्बाप्पेले पिएसजी छाड्ने निर्णयमा परिवर्तन गर्न सक्छन्। पिएसजीले चार उपाधि जितेको खण्डमा एम्बाप्पे पिएसजीमै रहन सक्ने लुइस एनरिकको आशा छ।

“म सधैं आशावादी छु कि एम्बाप्पेले आफ्नो मन परिवर्तन गर्न सक्छ्न्। उनले अहिलेको लागि केहि बोलेका छैनन्। कल्पना गर्नुहोस् यदि हामीले यो सिजन चार ट्रफीहरू जित्यौं भने के हुन्छ ? उनले आफ्नो निर्णय बदल्न पनि सक्छन्।”,एनरिकले भनेका थिए।

पिएसजी अहिले च्याम्पियन्स लिग, फ्रेन्च कप, फ्रेन्च लिग वान जित्ने दौडमा छ। पिएसजीले यस अगाडी नै फ्रेन्च सुपर कप जितिसकेको छ। पिएसजी फ्रेन्च कपको फाइनलमा पुगिसकेको छ भने फ्रेन्च लिग वानको शिर्ष स्थानमा रहेको छ।

त्यस्तै पिएसजी च्याम्पियन्स लिग जित्ने दौडमा पनि छ। पिएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्सिलोनाको सामना गर्दैछ। बार्सिलोनालाई पराजित गर्दै च्याम्पियन्स लिगको सेमिफाइनल खेल्ने मौका पिएसजीसँग छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *