September 20, 2024

एजेन्सी – युइएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति दुई खेल हुँदैछन्। च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेग अन्तर्गतका दुई खेल मंगलबार राति हुन लागेका हुन्।

मंगलबार राति प्रिमियर लिग लिडर आर्सनलले घरेलु मैदानमा जर्मन क्लब बायर्न म्युनिखको सामना गर्दैछ। आर्सनल र बायर्न बीचको खेल मंगलबार राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

जारी सिजनमा आर्सनल धेरै राम्रो लयमा छ। आर्सनल अहिले प्रिमियर लिगको शिर्ष स्थानमा छ। आर्सनललाई च्याम्पियन्स लिगको दाबेदारको रुपमा पनि हेरिएको छ।

आर्सनलले च्याम्पियन्स लिगको अन्तिम १६ मा पोर्चुगिज क्लब पोर्टोको चुनौतीलाई पाखा लगाएको थियो। पहिलो लेगमा पोर्टोसँग १-० को गोल अन्तरले पराजित भएपछि दोस्रो लेगमा आर्सनलले पोर्टोलाई १-० को गोल अन्तरले पराजित गरेको थियो।

जसपश्चात दोस्रो खेल पेनाल्टी सुट-आउटमा गएको थियो। जसमा आर्सनल ४-० ले विजयी भएको थियो। मंगलबार राति आर्सनल पहिलो लेगमै बायर्नलाई सहज रुपमा पराजित गर्ने योजनामा हुनेछ।

घरेलु मैदानको लाभ लिंदै जित निकाल्न सके आर्सनललाई दोस्रो लेगमा केहि सहज हुनेछ। त्यस्तै बायर्न पनि आर्सनल विरुद्ध पहिलो लेगमै जित निकाल्ने पक्षमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *