September 20, 2024

एजेन्सी – गत सिजनको ट्रेबल विनर म्यानचेस्टर सिटीले मंगलबार राति सान्टियागो बर्नाबेउको भ्रमण गर्दैछ। च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगको खेलका लागि सिटीले मंगलबार राति सान्टियागो बर्नाबेउको भ्रमण गर्न लागेको हो।

मंगलबार राति सिटी र रियल म्याड्रिड सान्टियागो बर्नाबेउमा आमने-सामने हुनेछ। रियल र सिटी बीचको खेल सान्टियागो बर्नाबेउमा मंगलबार राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

मंगलबार हुने भेटमा सिटी र रियल म्याड्रिड दुवै जित निकाल्ने पक्षमा हुनेछ। खेल रियलको घरेलु मैदानमा हुने हुँदा त्यसको फाइदा उठाउने योजनामा पक्कै रियल हुनेछ।

त्यस्तै सिटी भने रियलकै घरेलु मैदान भएपनि पहिलो लेगमा जित्दै सहज अवस्थामा रहने पक्षमा हुनेछ। सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ मा कोपेनहेगनको सामना गरेको थियो।

सिटीले कोपेनहेगनलाई समग्रमा ६-२ को गोल अन्तरले पराजित गरेको थियो। त्यस्तै रियलले भने च्याम्पियन्स लिगको अन्तिम १६ मा आरबी लाइप्जिङको सामना गरेको थियो।

रियल समग्रमा २-१ को गोलले विजयी भएको थियो। एक खेल १-० को गोल अन्तरले जित्दा अर्को खेलमा भने रियल १-१ को बराबरीमा रोकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *