September 20, 2024

एजेन्सी – च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा आज क्याटलान क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) आमने-सामने हुँदैछन्।

पहिलो लेगको खेल पिएसजीको घरेलु मैदानमा हुनेछ। खेल नेपाली समय अनुसार रातको १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ। आज हुने खेलमा दुवै टोली जितको खोजिमा हुनेछन्।

पहिलो लेगमा जित निकाल्दा दोस्रो लेगमा सहज हुने हुँदै टोली टोली जित निकाल्ने प्रयास गर्नेछन्। अझ पिएसजी घरेलु मैदानको लाभ उठाउने योजनामा हुनेछ।

च्याम्पियन्स लिगमा अहिले सम्म पिएसजी र बार्सिलोना १२ पटक आमने-आमने भएका छन्। जसमध्ये ४ खेलमा बार्सिलोनाले जित्दा ४ खेलमा पिएसजी विजयी भएको छ।

त्यस्तै चार खेल भने बराबरीमा रोकिएको छ। यस अगाडी पिएसजी र बार्सिलोना बीच सन् २०२१ मा च्याम्पियन्स लिगको अन्तिम १६ मा भेट भएको थियो।

त्यसबेला पहिलो लेगमा पिएसजी ४-१ को गोल अन्तरले विजयी भएको थियो भने दोस्रो लेगको खेल १-१ को बराबरीमा टुंगिएको थियो। बार्सिलोना सन् २०२१ को हारको बदला लिने योजनामा पक्कै हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *