September 20, 2024

एजेन्सी – च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा आर्सनल र बायर्न म्युनिखले बराबरी खेलेका छन्। आर्सनल र बायर्नले आर्सनलको घरेलु मैदानमा बराबरी खेलेका हुन्।

दुवै टोलीले अग्रता लिएपनि अन्त्यमा खेल २-२ को बराबरीमा टुंगियो। आर्सनलका लागि बुकायो साका र लीन्द्रो ट्रोसार्डले एक-एक गोल गर्दा बायर्नका लागि फेर्गी ग्नाब्री र ह्यारी केनले एक-एक गोल गरे।

खेलको १२ औं मिनेटमै आर्सनलले अग्रता लिएको थियो। सो गोल बुकायो साकाले गरेका थिए। तर खेलको १८ औं मिनेटमै बायर्नले बराबरी गोल फर्कायो।

सो गोल ग्नाब्रीले गरेका थिए। खेलको ३२ औं मिनेटमा बायर्नले पेनाल्टीको अवसर पायो। जसमा बायर्नका ह्यारी केनले कुनै गल्ती गरेनन्, उनले पेनाल्टीमा गोल गरे।

त्यसपछि पहिलो हाफमा थप गोल भएनन्। तर खेलको ७६ औं मिनेटमा आर्सनलले बराबरी फर्कायो। सो गोल ट्रोसार्डले गरेका थिए। अन्त्य सम्म थप गोल नहुँदा खेल २-२ को बराबरीमा टुंगियो।

अब अर्को लेगको खेल बायर्नको घरेलु मैदानमा हुनेछ। सो खेलमा जित निकाल्ने टोली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *