September 20, 2024

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको‌ पहिलो लेगमा क्याटलान क्लब बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ। क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेट जर्मेन(पिएसजी)लाई पराजित गरेको हो।

बार्सिलोनाले पिएसजीलाई उसकै घरेलु मैदानमा ३-२ को गोल अन्तरले पराजित गर्यो। पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा बुधबार भएको खेलमा ब्राजिलियन विंगर राफिन्हा नायक बने।

राफिन्हाले पिएसजी विरुद्ध दुई गोल गरे। त्यस्तै बार्सिलोनाका लागि आन्द्रेयास क्रिस्टियनसनले पनि एक गोल गरे। घरेलु टोली पिएसजीका लागि उसमान डेम्बेले र भिटिन्हाले एक-एक गोल गरे।

खेलको ३७ औं मिनेटमा राफिन्हाको गोलबाट बार्सिलोनाले अग्रता पाएको थियो। तर खेलको ४८ औं मिनेटमा बार्सिलोनाका पूर्व खेलाडी उसमान डेम्बेलेले गोल गर्दै पिएसजीलाई खेलमा फर्काए।

खेलको ५० औं मिनेटमा पिएसजीले अग्रता लियो। सो गोल भिटिन्हाले गरेका थिए। खेलको ६२ औं मिनेटमा राफिन्हाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे।

खेलको ७७औं मिनेटमा मैदान भित्रिएको केही मिनेटमा नै आन्द्रेयास क्रिस्टियनसनले इल्काए गुण्डोगानको कर्नरमा हेडरमार्फत गोल गरेसंगै बार्सिलोना विजयी भयो।

क्वाटरफाइनलको अर्को लेग आगामी साता हुनेछ। दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *