September 20, 2024

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलले युरोपा लिगमा नमिठो हार बेहोरेको छ। युरोपा लिगको उपाधि दाबेदार मानिएको लिभरपुलले बिहिबार राति घरेलु मैदानमै नमिठो हार बेहोरेको हो।

बिहिबार राति युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुल एटलान्टा को सामना गर्दा आक्रमणमा नराम्रो संग चुक्यो। जस कारण लिभरपुल ३-० को गोल अन्तरले पराजित भयो।

पाहुना टोलीका लागि जियानलुका स्कामाकाले दुई तथा मारियो पालासिचले एक गोल गरे। खेलमा भएका तीन मद्ये दुई गोल दोस्रो हाफमा र एक गोल पहिलो हाफमा भएका थिए।

बलमा राम्रो नियन्त्रण राखेपनि लिभरपुलले गोल भने गर्न सकेन। खेलभर लिभरपुलले बलमा कुल ७१ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर लिभरपुलको तर्फबाट १९ प्रहार भएका थिए।

जसमद्ये ५ प्रहार टार्गेटमा थिए। तर कुनै पनि प्रहार गोलमा भने परिणत हुन सकेनन्। पाहुना टोलीले भने खेलभर ११ प्रहार गरेको थियो। जस मध्ये ७ प्रहार टार्गेटमा थिए। त्यसमद्ये ३ प्रहार गोलमा परिणत भए।

यस हारसंगै लिभरपुल युरोपा लिगबाट बाहिरिने संघारमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *