एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का पूर्व युवा खेलाडी हबिब बेले पिएसजीका स्टार किलियन एम्बाप्पेको आलोचना गरेका छन्। एक कुराकानीका क्रममा हबिब बेले एम्बाप्पेको खुलेर आलोचना गरे।
च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा खासै राम्रो प्रदर्शन गर्न नसकेका कारण उनी एम्बाप्पेको आलोचनामा उत्रिए। पिएसजीको आक्रमणको लिडरको रुपमा एम्बाप्पेले राम्रो गर्न नसकेको हबिब बेले आरोप लगाए।
क्यानल प्लससंगको कुराकानीका क्रममा हबिब बेले बार्सिलोना विरुद्धको पहिलो लेगमा एम्बाप्पेमा तीव्रताको कमी देखिएको बताए। बार्सिलोना विरुद्ध एम्बाप्पेले राम्रो खेल्न नसकेको उनको आरोप छ।
“एम्बाप्पे त्यस्ता खेलाडी हुन् जसले फरक पार्न सक्नु पर्छ। पीएसजीको आक्रमणको नेतृत्व गर्दा उनले त्यस्तो खराब खेल्न मिल्दैन। एम्बाप्पेमा तीव्रताको कमी थियो। खेलभर उनी राम्रो हुनु पर्थ्यो, तर उनी राम्रो हुन सकेनन्। मैले उनलाई दुखि र दबिएको पाएँ।”,हबिब बेले भने।
बुधबार राति च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना र पिएसजी आमने-सामने भएका थिए। पिएसजीको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना विजयी भएको थियो।
सो खेलमा बार्सिलोना ३-२ को गोल अन्तरले पराजित हुन पुगेको थियो। खेलभर एम्बाप्पेले खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन्।