September 19, 2024

एजेन्सी – जर्मन क्लब बायर लेभरकुसेन युरोपा लिगको सेमिफाइनल नजिक पुगेको छ। क्वाटरफाइनलको पहिलो लेगमा सहज जित निकालेसंगै बायर लेभरकुसेन युरोपा लिगको सेमिफाइनल नजिक पुगेको हो।

बायर लेभरकुसेनले बिहिबार राति प्रिमियर लिग क्लब वेष्ट ह्यामलाई २-० को गोल अन्तरले पराजित गर्यो। पहिलो हाफमा कुनै पनि टोलीबाट गोल हुन नसकेपनि खेलको अन्त्य तीर लगातार दुई गोल गर्दै घरेलु टोलीले जित पक्का गर्यो।

घरेलु टोलीको जितमा जोनास होफम्यान र भिक्टर बोनिफेसले एक-एक गोल गरे। खेलको ८३ औं मिनेटमा जोनास होफम्यानको गोलबाट लेभरकुसेनले अग्रता लिएको थियो।

पछि इन्ज्युरी समयको पहिलो मिनेटमा भिक्टर बोनिफेसले अर्को गोल थपे। जससंगै लेभरकुसेनको २-० को जित पक्का भयो। बलमा लेभरकुसेनले धेरै राम्रो नियन्त्रण राखेको थियो।

खेलभर बलमा लेभरकुसेनको ७३ प्रतिशत नियन्त्रण थियो। खेलभर लेभरकुसेनको तर्फबाट कुल ३३ प्रहार भएका थिए। जसमद्ये १३ प्रहार टार्गेटमा थिए।

तर गोलमा भने दुई प्रहार मात्र परिणत भयो। पाहुना टोलीको तर्फबाट भने खेलभर मात्र एक प्रहार भएको थियो। अब दोस्रो लेग वेष्ट ह्यामको घरेलु मैदानमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *