September 19, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुले गरिरहेको दावी अनुसार प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले बायर्न म्युनिखका एक खेलाडीलाई भित्र्याउने योजना बनाएको छ।

बेलायतबाट प्रकाशित हुने विभिन्न खेल मिडियाहरुले जर्मन क्लब बायर्न म्युनिखबाट जमाल मुसियालालाई अनुबन्ध गर्ने योजना सिटीले बनाएको दावी गरेका हुन्।

आगामी समर ट्रान्सफर विन्डोमा मुसियालालाई साइन गर्न चाहने एलिट युरोपेली क्लबहरू मध्ये एक सिटी पनि रहेको बेलायती पत्रिका द इन्डिपेन्डेन्टले जनाएको छ।

२१ वर्षिय युवा स्टारको बायर्नसंग सन् २०२६ सम्मका लागि सम्झौता छ। पछिल्लो समय बायर्न खासै राम्रो प्रदर्शन गर्न नसकिरहेको अवस्थामा उनले नयाँ गन्तव्यको खोजि गर्न सक्छन्।

उनलाई सिटी मात्र नभई स्पेनिस महारथी रियल म्याड्रिडले पनि भित्र्याउन चाहेको छ। मुसियालालाई बिक्रीमा राखिएको खण्डमा बोलि लगाउने योजनामा रियल रहेको बताइन्छ।

त्यस्तै उनलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले पनि नजर लगाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *