September 19, 2024

एजेन्सी – बायर लेभरकुसनले क्लब इतिहासमा पहिलोपटक बुन्डेसलिगाको उपाधि जितेको छ। जारी सिजनमा अपराजित रहँदै लेभरकुसनले बुन्डेसलिगाको उपाधि जितेको हो।

घरेलु मैदानमा लेभरकुसनले वेर्डर ब्रेमन माथि सानदार जित निकाल्यो। आइतबार राति बुन्डेसलिगाको वेर्डर ब्रेमन माथि ५-० को सहज जित संगै लेभरकुसनको पहिलो लिग उपाधि पक्का भयो।

लेभरकुसनको जितमा फ्लोरियन विर्ट्जले ह्याट्रिक पूरा गरे। त्यस्तै भिक्टर बोनिफेशले र ग्रानिट झाकाले पनि एक-एक गोल गरे। पहिलो हाफमा १-० को गोल अन्तरले अगाडी बढेको लेभरकुसनले दोस्रो हाफमा ४ गोल थपेको थियो।

विर्ट्जले खेलको ६८, ८३ र ९० औं मिनेटम गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। भिक्टरले खेलको २५ औं मिनेटमा पेनाल्टी गोल गरेका थिए भने झाकाले ६० औं मिनेटमा गोल गरेका थिए।

९०औं मिनेटमा विर्ट्जले गोल गरेपछि समर्थकहरुले मैदान प्रवेश गरेपछि रेफ्रीले खेल अन्त्य गरेका थिए। लेभरकुसनले लिग उपाधि जितेसंगै बायर्न म्युनिखको ११ लगातार लिग उपाधि यात्रामा पूर्णविराम लागेको छ।

बायर्न र लेभरकुसन दुवैले ५-५ खेल खेल्न बाँकी छ। तर पाँच खेल अगावै लेभरकुसनले उपाधि जितेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *