September 19, 2024

एजेन्सी – प्रिमियर लिगको उपाधि होडमा नयाँ ट्वीस्ट आएको छ। उपाधि होडमा रहेका दुई टोलीले हार बेहोरेसंगै प्रिमियर लिगको उपाधि होडमा नयाँ ट्वीस्ट आएको हो।

आइतबार राति उपाधि होडमा रहेका लिभरपुल र आर्सनल दुवै पराजित भए। आइतबार राति लिभरपुल क्रिस्टल प्यालेससँग पराजित हुँदा आर्सनल एस्टन भिल्लासँग पराजित हुन पुगेको हो।

पछिल्लो हप्ता म्यानचेस्टर युनाइटेड विरुद्ध बराबरी खेलेको लिभरपुल आइतबार राति प्यालेससँग १-० को गोल अन्तरले स्तब्द भयो। घरेलु मैदानमा भएको खेलमा पराजित भएपछि लिभरपुलले शिर्ष स्थानमा उक्लिने अवसर गुमायो।

खेलको १४औं मिनेटमा एबेरिचे एजेले गरेको गोल नै निर्णायक बन्यो। बलमा राम्रो नियन्त्रण राखेर निरन्तर आक्रमण गरेपनि लिभरपुलले गोल गर्न सकेन। जसकारण उसले खेल प्याप्लेसलाई सुम्पियो।

त्यस्तै आर्सनल पनि घरेलु मैदानमै पराजित हुन पुग्यो। आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको हो। खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकाल्यो।

भिल्लाको जितमा लियोन बेली र वली वाटकिन्सले गोल गरेका थिए। दुवै गोल खेलको ८० औं मिनेट पछि आएका थिए। आर्सनल र लिभरपुल दुवै पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई मिलेको छ।

शिर्ष स्थानको सिटीको ७३ अंक छ भने आर्सनल र लिभरपुल दुवै २ अंकले पछि छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *