September 19, 2024

एजेन्सी – च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउन आज क्याटलान क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) आमने-सामने हुँदैछन्।

च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गतको खेलका लागि आज राति बार्सिलोना र पिएसजी आमने-सामने हुन लागेका हुन्। पिएसजी र बार्सिलोना बीचको खेल आज क्याम्प नोउमा हुनेछ।

पिएसजी र बार्सिलोना बीचको पहिलो लेगमा बार्सिलोना ३-२ को गोल अन्तरले विजयी भएको थियो। पिएसजीको घरेलु मैदानमा खेल हुँदा बार्सिलोनाका लागि ब्राजिलियन विंगर राफिन्हाले दुई गोल गरेका थिए।

आज हुने खेलमा पिएसजी पहिलो लेगको हारको बदला लिने दाउमा हुनेछ। च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने हो भने पिएसजीले आज बार्सिलोनालाई कम्तीमा २-० को गोल अन्तरले पराजित गर्नेछ।

तर पिएसजी १-० को गोल अन्तरले मात्र जित निकाल्ने हो भने खेल पेनाल्टी सुटआउट सम्म जान सक्छ। आज खेल बार्सिलोनाको घरेलु मैदानमा हुने हुँदा पिएसजी केहि दबाबमा पक्कै हुनेछ।

उता बार्सिलोना भने पहिलो लेगमा जित निकालिसकेका कारण केहि आरामदायी अवस्थामा हुनेछ। पिएसजी र बार्सिलोना बीचको खेल रातको १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *