September 20, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले आफ्नो इन्टर मियामी करियरमा पहिलो पटक मेजर सकर लिग प्लेयर अफ द म्याचडेको अवार्ड जितेका छन्।

मेजर सकर लिग क्लब इन्टर मियामी पुगेको कयौं महिना पछि मेस्सी आफ्नो इन्टर मियामी करियरमा पहिलो पटक मेजर सकर लिग प्लेयर अफ द म्याचडे घोषित भएका हुन्।

स्पोर्टिङ केसी विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका कारण मेस्सी प्लेयर अफ द म्याचडे घोषित भए। मेस्सीले स्पोर्टिङ केसी विरुद्धको खेलमा दुई गोलको योगदान दिएका थिए।

उनले एक गोल गरेका थिए भने एक गोलका लागि असिस्ट दिएका थिए। खेलको १८ औं मिनेटमा डिएगो गोमेजले गोल गर्दा सो गोलका लागि मेस्सीले नै असिस्ट दिएका थिए।

त्यस्तै खेलको ५१ औं मिनेटमा मेस्सीले मियामीका लागि गोल गरेका थिए। मेस्सीले उच्च प्रदर्शन गरेको सो खेलमा मियामी ३-२ को गोल अन्तरले विजयी भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *