September 20, 2024

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउनको लागि स्पेनिस महारथी रियल म्याड्रिड र साविक विजेता म्यानचेस्टर सिटी आज आमने-सामने हुँदैछन्।

च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगको खेलका लागि सिटी र रियल म्याड्रिड आज राति आमने-सामने हुन लागेका हुन्। दोस्रो लेग सिटीको घरेलु मैदानमा हुनेछ।

रियलको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा सिटी र रियलले ३-३ को बराबरी खेलेका थिए। सेमिफाइनलमा स्थान बनाउनको लागि आज दुवै टोली जित निकाल्नु पर्ने दबाबमा हुनेछन्।

सिटीलाई सूवर्ण अवसर

सिटीले गत सिजन रियल म्याड्रिडलाई सेमिफाइनलमा पराजित गरेको थियो। पहिलो लेगमा १-१ को बराबरीमा रोकिँदा सिटीले रियललाई घरेलु मैदानमा नराम्रोसंग पराजित गरेको थियो।

दोस्रो लेगमा रियल ४-० को गोल अन्तरले पराजित भएको थियो। सिटी यस पटक पनि रियललाई आफ्नो घरेलु मैदानमा पराजित गर्ने योजनामा हुनेछ।

यदि सिटीले रियललाई पराजित गर्ने हो भने सिटी रियललाई ब्याक टु ब्याक च्याम्पियन्स लिगको नकआउट चरणबाट आउट गर्ने दोस्रो टोली बन्नेछ। रियललाई एसी मिलानले सन् १९८८-८९ र १९८९-१९९० को सिजनमा पराजित गरेको थियो।

मिलानले १९८८-८९ मा रियललाई सेमिफाइनल र १९८९-१९९० को सिजनमा अन्तिम १६ बाट आउट गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *