September 20, 2024

एजेन्सी – साविक ट्रेबल विजेता म्यानचेस्टर सिटीका मिडफिल्डर बर्नार्डो सिल्भाले आफूहरु यस सिजन पनि ट्रेबल जित्ने योजनामा रहेको बताएका छन्।

एक कुराकानीका क्रममा सिल्भाले सिटी लगातार दुई ट्रेबल जित्ने योजनामा रहेको बताएका हुन्। उपाधि पछि उपाधि जित्दै विरासत सिर्जना गर्ने योजनामा आफूहरु रहेको उनले सुनाए।

उनका अनुसार सिटी लगातार दुई ट्रेबल, लगातार दुई च्याम्पियन्स लिग र लगातार चार प्रिमियर लिग उपाधि जित्ने दौडमा छ। त्यसैको लागि आफूहरु लडिरहेको सिल्भाको भनाई छ।

“हामी विरासत सिर्जना गर्न चाहन्छौं। हामी लगातार दुई ट्रेबलहरू जित्न चाहन्छौं। हामी लगातार चार प्रिमियर लिग जित्न चाहन्छौं। हामी लगातार दुई पटक च्याम्पियन्स लिग जित्न चाहन्छौं। यदि हामीले लगातार दुईवटा ट्रेबल जित्यौं भने त्यो विरासत हुनेछ।”,सिल्भाले भने।

सिटीले गत सिजन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि जित्दै ट्रेबल पूरा गरेको थियो। सिटी यस सिजन पनि ट्रेबल जित्ने दौडमा छ।

सिटी अहिले प्रिमियर लिगको शिर्ष स्थानमा छ भने च्याम्पियन्स लिगको क्वाटरफाइनलमा छ। त्यस्तै सिटी एफए कप जित्ने दौडमा अपनी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *