September 19, 2024

एजेन्सी – प्रिमियर लिग क्लब आर्सनल च्याम्पियन्स लिगबाट बाहिरिएको छ। जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएसंगै आर्सनल च्याम्पियन्स लिगबाट बाहिरिएको हो।

बुधबार राति बायर्न म्युनिखको घरेलु मैदानमा भएको खेलमा आर्सनल १-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। आर्सनल पहिलो लेगमा बायर्नसँग २-२ को बराबरीमा रोकिएको थियो।

तर दोस्रो लेगमा १-० को हार बेहोरेसंगै समग्रमा ३-२ को हार बेहोर्दै आर्सनल च्याम्पियन्स लिगबाट बाहिरिन बाध्य भयो। जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो।

पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। तर खेलको ६३ औं मिनेटमा जोसुवा किमिचले गोल गरेसंगै आर्सनल पछि पर्यो। खेलभर बलमा बढी नियन्त्रण बायर्नको थियो।

बुधबार राति नै भएको अर्को खेलमा स्पेनिस महारथी रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई पराजित गर्यो। रियल म्याड्रिड र म्यानचेस्टर सिटीबीचको अर्को क्वार्टरफाइनलको दोस्रो लेग थप समयमा गएको थियो।

निर्धारित समय १–१ टुंगिएर समग्रमा ४–४ बराबरी भएपछि खेल थप समयमा पुगेको हो। थप समयमा पनि नतिजा निस्किन नसक्दा खेल पेनाल्टीमा गयो। पेनाल्टी सुटआउटमा रियल ४-३ ले विजयी भयो। सेमिफाइनलमा अब रियल र बायर्न आमने-सामने हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *