एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड आगामी समर ट्रान्सफर विन्डोमा धेरै परिवर्तन गर्ने योजनामा छ। युनाइटेडले आगामी समर ट्रान्सफर विन्डोमा क्लबमा केहि नयाँ खेलाडी भित्र्याउने तयारी गरिरहेको बताइन्छ।
आगामी समरमा युनाइटेडले नयाँ खेलाडीहरु भित्र्याउने मात्र छैन, क्लबमा रहेका केहि खेलाडीहरुलाई बिदाई पनि गर्नेछ। डच प्रबन्धक एरिक टेन ह्याग समेत क्लबबाट बिदा हुन सक्छन्।
आगामी समर ट्रान्सफर विन्डोमा युनाइटेडबाट बिदा हुन सक्ने खेलाडीहरुमा राफेल भरान, कासेमिरो, मार्कस रासफोर्ड र जाडोन सान्चो रहेका छन्। यी मध्ये सबै समर ट्रान्सफर विन्डोमा बाहिरिन सक्ने बेलायती मिडियाहरु बताउँछन्।
म्यानचेस्टर युनाइटेडले फ्रान्सेली खेलाडीलाई गर्मीमा नि: शुल्क स्थानान्तरणमा क्लब छोड्न अनुमति दिने बताइन्छ। त्यस्तै युनाइटेडले क्लबका मिडफिल्डर कासेमिरोलाई पनि यहि समरमा क्लबबाट बिदा गर्न सक्छ।
त्यस्तै यस सिजन खासै राम्रो लयमा नरहेका मार्कस रासफोर्डलाई युनाइटेडले आगामी समर ट्रान्सफर विन्डोमा बिक्री गर्ने योजना बनाएको छ। उनले गत सिजन ३५ प्रिमियर लिग खेलमा १७ गोल गरेका थिए र यो सिजन हालसम्म ३१ लिग खेलमा मात्र ७ गोल गरेका छन्।
युनाइटेडबाट लोनमा जर्मन क्लब बोरुसिया डर्टमण्ड पुगेका सान्चोलाई पनि युनाइटेडले आगामी समर ट्रान्सफर विन्डोमा बिक्री गर्न सक्छ।