एजेन्सी – प्रिमियर लिग क्लब आर्सनलको हारबाट महत्वपूर्ण अवसर गुमेको छ। जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएपछि आर्सनलको हातबाट महत्वपूर्ण अवसर गुमेको हो।
च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आर्सनलले बायर्नको सामना गरेको थियो। पहिलो लेगको खेल २-२ को बराबरीमा रोकिएपनि दोस्रो खेलमा आर्सनल १-० को गोल अन्तरले पराजित भयो।
जससंगै आर्सनल च्याम्पियन्स लिगबाट बाहिरियो। च्याम्पियन्स लिगबाट बाहिरिएपछि आर्सनल फिफा क्लब विश्वकपमा स्थान बनाउन पनि चुकेको छ। आर्सनल अब आगामी फिफा क्लब विश्वकपमा सहभागी हुने छैन।
यस प्रतियोगिताको लागि सम्भावित रूपमा छनोट हुन टोलीहरूसँग दुई बाटो हुन्छन्। नयाँ नियम अनुसार क्लब विश्वकपमा पछिल्लो चार सिजनमा च्याम्पियन्स लिग जितेका टोली क्लब विश्वकपका लागि छनोट हुन्छन्।
साथै महादेशीय प्रतियोगितामा गरेको प्रदर्शनमा आधारित र्याङ्किङ प्रणाली अनुसार पनि एक टोली क्लब विश्वकपका लागि छनोट हुनेछन्। यो सिजन आर्सनलले जितेको खण्डमा फिफा क्लब विश्वकपका लागि पनि छनोट हुन सक्ने थियो।
तर च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरएपछि आर्सनलका लागि यस धोका बन्द भएको छ।