September 19, 2024

एजेन्सी – म्यानचेस्टर युनाइटेडका स्टार कासेमिरोले किलियन एमबाप्पेलाई क्रिस्टियानो रोनाल्डोसँग तुलना गरेका छन्। एक कुराकानीका क्रममा कासेमिरोले एम्बाप्पेलाई रोनाल्डोसँग तुलना गरेका हुन्।

एल चिरिन्गुइटो टिभीसँग कुरा गर्दै कासेमिरोले दाबी गरे कि एमबाप्पेले आफूले खेल्ने हरेक खेलमा गोलको ग्यारेन्टी गर्छन्। एम्बाप्पेले आफूलाई रोनाल्डोको याद दिलाउने कासेमिरोको भनाई छ।

“एम्बाप्पे देख्दा मलाई रोनाल्डोको याद आउँछ। मैदानमा हुँदा उनले सहजै गोलको गन्ध पाउँछन्। सबैले यो केटासँग डराउनुपर्छ, किन भने जसरी हुन्छ उनले गोल गर्छन्। रोनाल्डो पनि त्यस्तै थिए।”,कासेमिरोले भने।

एम्बाप्पे पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका ठूला फ्यान हुन्। रोनाल्डो जस्तै एम्बाप्पे पनि रियल म्याड्रिडबाट खल्ने योजनामा छन्। पिएसजी छाड्ने निर्णय गरिसकेका एम्बाप्पे सम्भवतः यहि समर ट्रान्सफर विन्डोमा रियल पुग्न सक्छन्।

एम्बाप्पे पक्कै पनि रियल पुगेर रोनाल्डो जस्तै कयौं उपाधि जित्ने योजनामा पक्कै हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *