एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले हस्ताक्षर गरेको इन्टर मियामीको एक जर्सी धेरै महँगो मूल्यमा बिकेको छ। विभिन्न खेल मिडियाहरुका अनुसार मेस्सीले साइन गरेको इन्टर मियामीको एक जर्सी धेरै महँगो मूल्यमा बिकेको हो।
चिलीको लुकाटोन कार्यक्रममा सान पेड्रो डे ला पाजको पुनर्वास संस्थानको लागि सयोगार्थ मेस्सीको साइन भएको जर्सी लिलामीका राखिँदा झन्डै ५० हजार डलरमा बिक्री भएको चिलीका लोकप्रिय टेलिभिजन होस्ट मारियो क्रेउत्जबर्गरको दावी छ।
टेलीटन २०२४ अभियानको एक भागको रूपमा क्रेउत्जबर्गरले बिहिबार पुनर्वास केन्द्रको भ्रमण गरेका थिए। त्यहाँ उनले आधिकारिक इन्टर मियामी जर्सी प्रस्तुत गरे, त्यसले परोपकारको लागि लाखौं उठायो।
मेस्सीको साइन भएको सो जर्सी ४८ मिम्लियाँ पेसोमा बिक्री भएको थियो। कुन ५० हजार डलर हुन आउँछ। सो रकमले ३ सय भन्दा बढी ह्वीलचेयर किन्न सकिने क्रेउत्जबर्गरको भनाई छ।