September 20, 2024

एजेन्सी – आइतबार बिहान मेजर सकर लिग क्लब इन्टर मियामी एक्सनमा उत्रँदैछ। मेजर सकर लिगको नयाँ सिजनको १० औं खेलका लागि मियामी आइतबार बिहान एक्सनमा उत्रन लागेको हो।

आइतबार बिहान इन्टर मियामीले न्यासभिलको सामना गर्नेछ। मियामी र न्यासभिल बीचको खेल मियामीको चेज स्टेडियममा हुनेछ। खेल नेपाली समय अनुसार ५ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

मियामी अहिले इस्टर्न कन्फरेन्स तर्फको शिर्ष स्थानमा छ। मियामीले यस सिजनका ९ खेल मध्ये ४ खेलमा जित निकालेको छ भने २ खेलमा पराजय भोगेको छ।

त्यस्तै ३ खेलमा बराबरी सहित मियामीले १५ अंक जोडेको छ। न्यासभिल भने इस्टर्न कन्फरेन्स तर्फको १४ औं स्थानमा रहेको छ। न्यासभिलले सिजनका ७ खेल मध्ये मात्र एक खेलमा जित निकालेको छ।

मेस्सी खेल्ने सम्भावना कति ?

पछिल्लो समय चोटका कारण केहि खेल गुमाएका अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले अघिल्लो खेलमा मियामीका लागि सानदार प्रदर्शन गरेका थिए। मियामीको जितमा मेस्सीले एक गोल र एक असिस्टको योगदान दिएका थिए।

मेस्सी आइतबार बिहान पनि मियामीका लागि खेल्नेछन्। मेस्सी अहिले फिट रहेको बताइएको छ भने कम्जोर कमजोर मानिएको न्यासभिल विरुद्ध पक्कै पनि सानदार प्रदर्शन गर्ने योजनामा हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *