September 19, 2024

एजेन्सी – एस्टन भिल्लाका प्रशिक्षक उनाई एमरीले अर्जेन्टिनी गोलरक्षक इमिलियानो मार्टिनेजको खुलेर प्रशंसा गरेका छन्। एक कुराकानीका क्रममा एमरीले इमिलियानो मार्टिनेजको खुलेर प्रशंसा गरेका हुन्।

इमिलियानो मार्टिनेजले व्यक्तिगत रुपमा धेरै राम्रो प्रदर्शन गरिरहेको एमरीले बताए। उनका अनुसार अर्जेन्टिनासँग सफल भइसकेपछि मार्टिनेज भिल्लामा पनि सुधारिएको प्रदर्शन गरिरहेका छन्।

“मार्टिनेज व्यक्तिगत रूपमा र अर्जेन्टिना र भिल्ला दुवैसँग सफल छन्। अर्जेन्टिनामा सफल भइसकेपछि उनी भिल्लासँग क्रमशः राम्रो हुँदै गएका छन्।”,एमरीले भने।

मार्टिनेज धेरै खेलहरूमा निर्णायक बनिरहेको बताउन एमरीले छुटाएनन्। एमरीले उनी उत्कृष्ट गोलकिपर मध्ये एक रहेको दावी गरे। एमरीका अनुसार उनका लागि मार्टिनेज विश्वकै उत्कृष्ट गोलरक्षक हुन्।

एमरीले भने,”उनी धेरै खेलहरूमा निर्णायक छन् र पक्कै पनि उनी उत्कृष्ट गोलकिपर मध्ये एक हुन्। पहिलो, दोस्रो, तेस्रो? मेरो लागि उनी सर्वश्रेष्ठ छन्।”

मार्टिनेजले कतारमा २०२२ फिफा विश्वकपमा गोल्डेन ग्लोभ जितेका थिए। उनले विश्वकप फाइनलको सुटआउटमा फ्रान्सविरुद्ध दुई पेनाल्टी बचाएर अर्जेन्टिनालाई विश्वकप जिताएका थिए।

उनले हालसालै एस्टन भिल्लालाई यूईएफए युरोपा कन्फरेन्स लिगको क्वार्टरफाइनलमा एलओएससी लिल विरुद्धको खेलमा पनि त्यस्तै सहयोग गरेका थिए। उनले सुटआउटमा दुई पेनाल्टी बचाएर आफ्नो टोलीलाई सेमिफाइनलमा पुर्‍याएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *