September 19, 2024

एजेन्सी – मेजर सकर लिगमा इन्टर मियामीले सानदार जित दर्ता गरेको छ। अर्जेन्टिनी स्टार लियोनेल मेस्सी चम्किएपछि मियामीले सानदार जित दर्ता गरेको हो।

आइतबार बिहान मियामीको चेज स्टेडियममा भएको खेलमा मियामीले न्यासभिललाई ३-१ को गोल अन्तरले पराजित गर्यो। मियामीको जितमा मेस्सीले दुई गोल गर्दा सर्जियो बुस्केट्सले एक गोल गरे।

पाहुना टोलीले भने एक गोल उपहारमा पाएको थियो। खेलको दोस्रो मिनेटमै आत्मघाती गोलपछि इन्टर मियामी पछि परेको थियो। सो आत्मघाती गोल मियामीका फ्रान्को नेग्रीले गरेका थिए।

खेलको ११ औ मिनेटमा मियामीले बराबरी गोल फर्कायो। सो गोल लुइस सुआरेजको पासमा मेस्सीले गरेका थिए। खेलको ३९ औं मिनेटमा मियामीले अग्रता लियो।

मेस्सीको पासमा सर्जियो बुस्केट्सले गोल गर्दा मियामी २-१ को गोल अन्तरले अगाडी बढेको थियो। त्यस्तै खेलको ८१ औं मिनेटमा मियामीले पेनाल्टीको अवसर पायो।

जसमा मेस्सीले सहजै गोल गरे। मेस्सीले गोल गरेसंगै मियामी ३-१ को अग्रतामा पुग्यो। न्यासभिललाई पराजित गरेसंगै मियामीले शिर्ष स्थानमा अग्रता बढाएको छ।

मियामीले १० खेलमा ५ जित र २ हार सहित १८ अंक बनाएको छ। पराजित न्यासभिल भने ८ खेलमा मात्र एक जित निकालेर १४ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *