November 9, 2024

एजेन्सी – सन् २०२३-२४ सिजनको अन्तिम एल क्लासिको आज हुँदैछ। बार्सिलोना र रियल म्याड्रिड बीचको लालिगा अन्तर्गतको खेल आज राति सान्टियागो बर्नाबेउमा हुन लागेको हो।

रियल र बार्सिलोना बीचको खेल आज राति नेपाली समय अनुसार रातको १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ। दुवै टोली आज हुने खेलमा जित निकाल्ने दाउमा हुनेछन्।

रियल अहिले लालिगाको शिर्ष स्थानमा छ भने बार्सिलोना दोस्रो स्थानमा रहेको छ। बार्सिलोना रियल भन्दा ८ अंकले पछि छ। रियलले यस सिजन लालिगामा ३१ खेल खेल्दा २४ खेलमा जित निकालेको छ भने एक खेलमा पराजय भोगेको छ।

त्यस्तै ६ बराबरी सहित रियलले ७८ अंक बनाएको छ। बार्सिलोनाले यस सिजन ३१ खेल मध्ये २१ खेलमा अजित निकालेको छ भने ३ खेलमा हार बेहोरेको छ। बार्सिलोनाको ७० अंक छ।

आज जित निकाल्न सकेको खण्डमा रियलले शिर्ष स्थानमा स्पष्ट ११ अंकको अग्रता बनाउनेछ। तर बार्सिलोनाले जितेको खण्डमा भने अंक दूरी ८ मा घट्नेछ।

बार्सिलोनाले यस सिजन कुनै पनि एल क्लासिको जित्न सकेको छैन। लालिगा अन्तर्गतको पहिलो खेलमा बार्सिलोना घरेलु मैदानमा २-१ को गोल अन्तरले पराजित भएको थियो भने स्पेनिस सुपर कपको फाइनलमा ४-१ को गोल अन्तरले पराजित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *