September 19, 2024

एजेन्सी – आइतबार बिहान मेजर सकर लिगमा इन्टर मियामीले सानदार जित दर्ता गर्यो। घरेलु मैदान चेज स्टेडियममा भएको खेलमा मियामी ३-१ को गोल अन्तरले विजाती भयो।

न्यासभिललाई ३-१ को गोल अन्तरले पराजित गर्नेक्रममा मियामीका अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले महत्वपूर्ण भूमिका निभाए। मेस्सीले न्यासभिल विरुद्ध तीन गोलको लागि योगदान दिएका थिए।

मेस्सीले न्यासभिल विरुद्ध दुई गोल गर्दा एक असिस्ट दिएका थिए। आइतबार दुई गोल गरेसंगै फुटबल करियरमा मेस्सीको गोल संख्या ८ सय ३० पुगेको छ।

साथै मेस्सीले ८ सय ३० गोल पार गरेसंगै एक नयाँ रेकर्ड पनि बनाएका छन्। मेस्सी सबै भन्दा छिटो ८ सय ३० गोलको आकडा पार गर्ने खेलाडी बनेका छन्।

मेस्सीले ८ सय ३० गोल पूरा गर्न मात्र १ हजार ५६ खेल लगाए। जबकी रोनाल्डोले ८ सय ३० गोल पूरा गर्न मेस्सी भन्दा एक सय बढी खेल खेलेका थिए।

रोनाल्डोले कुल १ हजार १ सय ५६ खेलमा ८ सय ३० गोल पूरा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *