September 19, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले मेजर सकर लिगको गोल्डेन बुट जित्ने दौडमा सानदार जम्प हानेका छन्। मेजर सकर लिगको पछिल्लो खेलमा दुई गोल गरेसंगै मेस्सीले मेजर सकर लिग गोल्डेन बुट दौडमा सानदार जम्प हानेका हुन्।

मेजर सकर लिगको नयाँ सिजनको १० औं खेलमा इन्टर मियामीले आइतबार बिहान घरेलु मैदानमा न्यासभिलको सामना गर्यो। मियामीले न्यासभिललाई ३-१ को गोल अन्तरले पराजित गर्यो।

मियामीको जितमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले महत्वपूर्ण भूमिका निभाए। मियामीको तर्फबाट भएका तीन मध्ये तीनै खेलमा मेस्सीको भूमिका थियो। मेस्सीले दुई गोल गर्दा एक असिस्ट दिए।

खेलको सुरुवातमै आत्मघाती गोलबाट मियामी पछि परेको थियो। खेलको दोस्रो मिनेटमा मियामीका फ्रान्को नेग्रीले आत्मघाती गोल गर्न पुगेका थिए। खेलको ११ औं मिनेटमा मियामीले बराबरी गोल फर्कायो।

सो गोल लुइस सुआरेजको पासमा मेस्सीले गरेका थिए। खेलको ३९ औं मिनेटमा मियामीले अग्रता लियो। मेस्सीको पासमा सर्जियो बुस्केट्सले गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए।

त्यस्तै खेलको ८१ औं मिनेटमा मियामीले पेनाल्टीको अवसर पाउँदा मेस्सी चुकेनन्। मेस्सीले पेनाल्टीमा गोल गरेपछि मियामीले ३-१ को अग्रता पाएको थियो। दुई गोल गरेसंगै मेस्सी मेजर सकर लिगको जारी सिजनको सर्वाधिक गोलकर्ताको सूचीको शिर्ष स्थानमा उक्लिन सफल भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *