September 19, 2024

एजेन्सी – हालसालै बाहिर आएको दावीलाई मान्ने हो भने क्याटलान क्लब बार्सिलोना आगामी समर ट्रान्सफर विन्डोमा प्रिमियर लिग क्लब लिभरपुलका लुइस डियाजलाई अनुबन्ध गर्न चाहन्छ।

डायरियो स्पोर्टका अल्फ्रेडो मार्टिनेजले लिभरपुलका कोलम्बियाली स्टार लुइस डियाजलाई बार्सिलोनाले आगामी समर ट्रान्सफर विन्डोमा भित्र्याउने योजना बनाएको दावी गरेका हुन्।

बार्सिलोना अहिले देखि नै एक आक्रमणकारी मिडफिल्डर र लेफ्ट विङ्गरको खोजीमा छ। डियाज केहि समय देखि स्पेनिस दिग्गजहरूको रडारमा रहेको बताइएको छ।

योर्गेन क्लोपको टोलीका लागि नियमित स्टार्टरको रुपमा खेलिरहेका डियाज र लिभरपुल बीच सन् २०२७ सम्मका लागि सम्झौता छ। तर बार्सिलोनाले आगामी समरमा उनलाई भित्र्याउन सक्ने मार्टिनेज बताउँछन्।

क्लबका लागि ६१ खेल खेल्दा डियाजले १६ गोल गरेका छन् भने ९ असिस्ट दिएका छन्। बार्सिलोनाले डियाजलाई भित्र्याउन चाहेको भएपनि लिभरपुलले उनलाई बिक्री गर्छ कि गर्दैन भन्ने कुरा भने अहिले स्पष्ट छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *