September 19, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड स्पेनिस लालिगाको उपाधि नजिक पुगेको छ। आइतबार राति एलक्लासिकोमा बार्सिलोना माथि सानदार जित निकालेसंगै रियल लालिगा उपाधि नजिक पुगेको हो।

आइतबार राति घरेलु मैदानमा रियलले बार्सिलोनालाई ३-२ को गोल अन्तरले पराजित गर्यो। रियलको जितमा भिनिसियस जुनियर, लुकास भाजक्वेज र जुड बेलिङ्घमले गोल गरे।

त्यस्तै बार्सिलोनाका लागि एन्ड्रियास क्रिस्टेन्सन र फर्मिन लोपेजले एक-एक गोल गरे। खेलभर बलमा राम्रो नियन्त्रण राखेर पनि बार्सिलोनाले रियल विरुद्ध जित निकाल्न सकेन।

खेलको छैठौं मिनेटमै क्रिस्टेन्सनको गोलबाट बार्सिलोनाले अग्रता पाएको थियो। तर खेलको १८ औं मिनेटमा पेनाल्टी गोल गर्दै भिनिसियसले खेललाई १-१ को बराबरीमा पुर्याए।

त्यसपछि पहिलो हाफमा थप गोल भएनन्। खेलको ६९ औं मिनेटमा लोपेजले गोल गर्दै पुनः बार्सिलोनालाई अग्रता दिलाए। तर खेलको ७३ औं मिनेटमा रियलले पुनः बराबरी गोल फर्कायो।

सो गोल भाजक्वेजले गरेका थिए। यस्तै इन्ज्युरी समयको पहिलो मिनेटमा बेलिङ्घमले गोल गरेसंगै रियलको जित पक्का भयो। यस जितसंगै रियलले लालिगामा ११ अंकको अग्रता बनाएको छ। बार्सिलोनाको लालिगामा ७० र रियलको ८१ अंक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *