एजेन्सी – इंग्ल्याण्डका मिडफिल्डर जुड बेलिङ्घम क्याटलान क्लब बार्सिलोनाका लागि टाउको दुखाईको विषय बनेका छन्। रियल म्याड्रिड आएको पहिलो सिजनमै जुड बेलिङ्घम बार्सिलोनाका लागि टाउको दुखाईको विषय बनेका हुन्।
जुड बेलिङ्घम बार्सिलोना विरुद्ध निरन्तर चम्किरहेका छन्। आइतबार राति त्यस्तै भयो जुड बेलिङ्घमकै कारण रियलले बार्सिलोनालाई पराजित गर्यो। जुड बेलिङ्घमले बार्सिलोना विरुद्ध ३-२ को जित निकाल्द निर्णायक भूमिका निभाए।
रियल म्याड्रिडको घरेलु मैदानमा भएको खेलको छैठौं मिनेटमै क्रिस्टेन्सनको गोलबाट बार्सिलोनाले अग्रता पाएको थियो। तर खेलको १८ औं मिनेटमा पेनाल्टी गोल गर्दै भिनिसियसले खेललाई १-१ को बराबरीमा पुर्याए।
त्यसपछि पहिलो हाफमा थप गोल भएनन्। खेलको ६९ औं मिनेटमा लोपेजले गोल गर्दै पुनः बार्सिलोनालाई अग्रता दिलाए। तर खेलको ७३ औं मिनेटमा रियलले पुनः बराबरी गोल फर्कायो।
सो गोल भाजक्वेजले गरेका थिए। यस्तै इन्ज्युरी समयको पहिलो मिनेटमा बेलिङ्घमले गोल गरेसंगै रियलको जित पक्का भयो। बराबरीमा टुंगिन लागेको खेलमा गोल गर्दै बेलिङ्घमले रियललाई जिताए।
बेलिङ्घमले यस अगाडी लालिगा अन्तर्गतको पछिल्लो खेलमा पनि बार्सिलोना विरुद्ध सानदार प्रदर्शन गरेका थिए। अक्टोबरमा भएको खेलमा बेलिङ्घमले बार्सिलोना विरुद्ध दुई गोल गरेका थिए। त्यसमध्ये एक गोल उनले इन्ज्युरी समयमै गरेका थिए।