September 21, 2024

एजेन्सी – केहि स्पेनिस खेल मिडियाहरुका अनुसार स्पेनिस महारथी रियल म्याड्रिडले क्याटलान क्लब बार्सिलोना टार्गेटलाई हाइज्याक गर्ने योजना बनाएको छ।

रियलले बार्सिलोनाले टार्गेट बनाएको बर्नाडो सिल्भालाई आगामी समर ट्रान्सफर विन्डोमा भित्र्याउने योजना बनाएको विभिन्न स्पेनिस मिडियाहरुले दावी गरेका हुन्।

स्पेनिस दिग्गज रियल म्याड्रिडले म्यानचेस्टर सिटीका प्लेमेकर बर्नाडो सिल्भालाई गर्मीमा अनुबन्ध गर्ने दौडमा कथित रूपमा अगाडि रहेको बताइएको छ । पोर्चुगिज मिडफिल्डर सिटी सेटअपको अभिन्न अंगको रुपमा छन्।

तर उनले आगामी समरमा क्लब छाडेर नयाँ चुनौतीका लागि अगाडी बढ्न सक्छन्। डेली स्टारका अनुसार सिटी र सिल्भा बीचको सम्झौतामा ५० मिलियन युरो आसपासको रिलिज क्लज रहेको छ।

सिल्भा फ्रेन्च क्लब मोनाकोबाट सिटी आबद्ध भएका थिए। मोनाकोमा हुँदा उनले फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेसँग खेलेका थिए। एम्बाप्पे पनि रियल म्याड्रिड आवद्ध हुने बाटोमा छन्।

रियलले आगामी समरमा सिल्भा र एम्बाप्पे दुवैलाई भित्र्याउन सक्ने अनुमान लगाउन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *