September 21, 2024

एजेन्सी – अल-नासरका पूर्व खेलकुद निर्देशक गोरान भुसेभिकले रियल म्याड्रिड लेजेण्ड लुका मोड्रिच गत समर ट्रान्सफर विन्डोमा अल नासर आवद्ध हुने ढोकाको धेरै नजिक थिए भन्ने खुलासा गरेका छन्।

एक कुराकानीका क्रममा भुसेभिकले लुका मोड्रिच गत समर ट्रान्सफर विन्डोमा अल नासर आवद्ध हुने ढोकाको धेरै नजिक थिए भन्ने खुलासा गरेका हुन्।

भुसेभिकका अनुसार रियल म्याड्रिडले एक वर्ष सम्झौता थपको प्रस्ताव नगरेको भए मोड्रिच अल नासरमा हुने थिए। रियल म्याड्रिडले नयाँ सम्झौताको प्रस्ताव गरेपछि मोड्रिचले अल नासरको प्रस्ताव अस्विकार गरेको भुसेभिकको भनाई छ।

“रियल म्याड्रिडले उनलाई नयाँ सम्झौता प्रस्ताव नगरे अल नासर आवद्ध हुने बताएका थिए। तर रियल म्याड्रिडले उनलाई एक वर्षको नयाँ सम्झौताको प्रस्ताव गर्यो र उनको अल नासर ट्रान्सफर रोकियो।”,भुसेभिकले भने।

अल नासर आवद्ध भएको भए मोड्रिच र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो बीच पुनर्मिलन हुने थियो। तर त्यसो हुन सकेन। रियल म्याड्रिड र मोड्रिच बीचको सम्झौता यहि सिजन संगै सकिनेछ।

रियलले मोड्रिचलाई पुनः सम्झौता थपको प्रस्ताव गर्ने सम्भावना निक्कै न्यून छ। यस्तोमा अब उनले नयाँ क्लबको खोजि गर्नुपर्ने हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *