September 19, 2024

एजेन्सी – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी महत्वपूर्ण सदस्य सावित्रा भण्डारी ‘साम्बा’ आवद्ध फ्रेन्च महिला क्लब एन अभान्ट ग्वेंगाम्प बुधबार एक्सनमा उत्रँदैछ।

जारी सिजनको २१ औं खेलमा लागि एन अभान्ट ग्वेंगाम्प बुधबार राति एक्सनमा उत्रन लागेको हो। एन अभान्ट ग्वेंगाम्पले बुधबार राति अवे खेलमा लियोनको सामना गर्नेछ।

खेल लियोनको घरेलु मैदान हुनेछ। खेल नेपाली समय अनुसार बुधबार राति १० बजेर १५ मिनेटमा सुरु हुनेछ। लिग लिडर लियोन विरुद्ध जित निकाल्न पक्कै पनि ग्वेंगाम्पलाई चुनौतिपूर्ण हुनेछ।

लियोन अहिले लिगको शिर्ष स्थानमा छ भने ग्वेंगाम्प लिगको १० औं स्थानमा छ। लियोन लिग सकिनु अगाडी नै लिग च्याम्पियन बनिसकेको छ। लियोनले यस सिजनका २० खेल मध्ये १९ खेलमा जित निकाल्दा एक खेलमा बराबरी खेलेको छ।

लियोन कुनै पनि खेलमा पराजित भएको छैन। ग्वेंगाम्पको कुरा गर्दा उसले २० खेल मध्ये ४ खेलमा जित निकालेको छ। त्यस्तै ४ बराबरी र १२ हार सहित ग्वेंगाम्पले १६ अंक बटुलेको छ।

लियोन ग्वेंगाम्प भन्दा ४२ अंकले अगाडी छ। लियोनको ५८ अंक रहेको छ। पछिल्लो भेटमा लियोनले ग्वेंगाम्पलाई ५-१ को गोल अन्तरले पराजित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *